Hello,This is me!

John Doe

Professional Web Designer Professional Web Developer Photography is my passion

Wednesday, July 18, 2012

केही ब्लग टिप्स

                                               लेखक: दिलीप आचार्य
नयाँ ब्लग सुरु गर्ने धेरै ब्लगरहरूले प्राय: सोधी रहने एउटा विषयको बारेमा केही कुरा लेख्ने तरखर गर्दै छु आज । अर्थात् ब्लग कसरी लेख्ने, ब्लगरले के गर्ने, के नगर्ने र कसरी ब्लग भिजीटर बढाउने भन्ने बारेमा नै यो पोस्ट केन्द्रित छ। त्यसो त यही वा यस्तै विषयमा अरू सहयात्री ब्लगरहरूले पनि कुनै न कुनै रूपमा लेख्नु भएको छ र विशेषगरी मित्र वसन्त गौतमले पनि संभावित ब्लगरहरूसँग भन्ने पोस्टमा यस बारेमा केही कुरा लेख्नु भएको छ।
ब्लग सुरू गर्ने अन्य कारणहरू भएपनि एउटा समान उदेश्य वा सोच भने सबैको यही हुन्छ कि बढीभन्दा बढि पाठकहरूद्वारा सो ब्लग हेरियोस् । त्यसो त ब्लगमा भिजिटर बढाउन केही प्राविधिक पक्षको सहयोग र प्रयोग पनि सहयोगी हुनसक्छ र Search engine optimization का विभिन्न प्रक्रियाबाट पनि आफ्नो साइटलाइ केही हदसम्म हाइलटइटगर्न सकिन्छ (समय मिलेको कुनै बेला यस बारेमा पनि लेख्ने कोसिस गर्ने छु) । तर मेरो अनुभवको कुरा गर्ने हो भने, प्राय: नयाँ ब्लगमा भिजीटर बढ्न नसक्नुमा Search engine optimization को प्रक्रिया भन्दा पनि ब्लगर आफ्नै केही सामान्य गल्तीहरू जिम्मेवार हुन्छन् । यो मेरो नितान्त व्यक्तिगत अनुभव वा अध्ययन हो र म गलत पनि हुन सक्छु तर नयाँ ब्लगरहरूलाई निम्न सुझाव दिन चाहन्छु:
पहिला आफैँ पढ्नुस: Samuel Johnson ले कतै भनेका छन् : "What is written without effort is in general read without pleasure." । हुन त लेख्नको लागि पढ्न जरुरी छ कि छैन भन्नेमा नै विवाद गर्न सकिएला तर एउटा कुरा भने हामीले मान्नै पर्छ कि हामी कोहीपनि सिपालु वा आफैंमा पूर्णछैनौँ। अध्ययन जति बढ्छ त्यति नै लेखाइमा निखार आउँछ नै । त्यसैले मैले देखेको, ब्लगर सुरुमा आफैँ एउटा असल पाठक हुनुपर्छ ।

मौलिकता दिनुहोस्: सुनेको कुरा हैन, जानेको कुरा लेख्नुस । ब्लगिङ जगतमा आजकल देखिएको एउटा मुख्य समस्या हो यो । एटा दुइटा पत्रिका, विकिपेडिया वा अन्य कुनै अनलाइन साइटमा भएको सामाग्री कपि पेस्ट गरेर पनि ब्लग त बन्छ तर यसरी बनेको ब्लगमा मौलिकता भने हुँदैन । न यसरी लेखिने ब्लगबाट ब्लगरको बौद्धिक सुधार नै हुन्छ । मैले पहिले पनि लेखिसकेको छु, ब्लग चलाउन कुनै जटिल विषयको ज्ञाता, कुनै विधाको पारङ्गत वा कुनै विशेष ज्ञानको विज्ञ हुनु जरुरी छैन् । ब्लगको आयाम वा दायरा धेरै फरक छ जुनसुकै विधा वा विषय लाई पनि यसमा समावेश गर्न सकिन्छ । ब्लगको विशेषता नै यही हो, जहाँ ब्लगर आफैँमा स्वतन्त्र र खुला हुन्छ । त्यसैले आफूलाई जे आउँछ त्यही बारेमा लेख्नुस् । तर माथि भने जस्तै अध्ययन र सकेसम्म आफूलाई सुधार गर्दै जाने र नयाँ कुरा सिक्ने क्रम पनि जारी हरोस् ।
ब्लगमा विविधता दिनुहोस्: एउटै विधा वा विषयमा ब्लग लेख्न नसकिने हैन् तर सकेसम्म आफ्नो ब्लगमा विविध विषय र विधालाइ समावेश गर्ने प्रयास गर्नुस् । यो ब्लगमा कथा मात्रै हुन्छ’, ‘यसले कविता मात्रै लेख्छवा यसले राजनीति मात्रै गर्छभन्ने छाप आफ्नो ब्लगमा नलगाउनुस। कमसेकम पनि केही समयको अन्तरालमा विषयवस्तुमा केही परिवर्तन ल्याउनुहोस् । विस्तारै अभ्यास र अध्ययन गर्दा धेरै कुरा लेख्न सकिन्छ त्यसैले विविधता सँग तर्सिनु पर्दैन । कहिलेकाहीँ ब्लगमा विविधता ल्याउन पाहुना ब्लगरको रचनाहरू पनि पोस्ट गर्न सकिन्छ ।
पाठकको चाखलाई बुझ्नुहोस्: माथि लेखेको कुरामा विरोधाभास नहोस् । पाठकको चाखलाइ बुझेर तपाईले कुन विषय बढी मन पराइन्छ सोही विषयमा बढि कलम चलाउन सक्नुहुन्छ । यहाँनेर एउटा भन्नै पर्ने कुरा के छ भने पाठकले कुन विषयलाई मन पराउँछन भनेर जान्न कमेन्ट काउन्टमा मात्रै कहिल्यै भर नपर्नुस। आजकल ब्लगिङ सेवा प्रदान गर्ने सबै सेवा प्रदायकको ड्यासबोर्डमा गएर आफ्नो कुन चाहीँ पोस्ट कति पटक पढीयो वा कुन विषयमा बढी भिजिटरहरू तानिएका छन सजिलै हेर्न सकिन्छ । आवश्यक त छैन तर यो जान्नका लागि ट्राफिक फिड हेर्ने थर्डपार्टी ग्याजेटको पनि प्रयोग गर्न सकिन्छ ।
बट्टामा हैन वस्तुमा ध्यान दिनुहोस्: यस विषयमा सायद यो भन्दा पहिलाका पोस्टमा पनि धेरै चोटि लेखिसकेको छु । नेपाली ब्लग जगतमा देखिएको यो समस्यालाई मित्र वसन्त गौतमले त कतै रोगनै पनि भन्नु भएको छ । प्राय: ब्लगरहरूमा यो समस्या देखिन्छ । उनीहरूलाई सधैं ब्लगमा के लेख्ने भन्दा पनि ब्लगलाई कसरी रङ्गाउने भन्ने चिन्ता हुन्छ । १५ दिनमा एउटा पोस्ट नलेख्ने तर हप्तामा ४ वटा टेम्प्लेट फेर्ने काममा ब्लगरहरूको धेरै रचनात्मक समय नष्ट हुन्छ । त्यसमाथि पनि ब्लग खोल्ने बित्तिकै बज्ने रेडियो, खुल्ने एनिमेसन र संगीतले ब्लगलाई आकर्षक भन्दा कूरुप बढि बनाउँछ । म फेरि एक पटक आफ्नो विचार राख्छु: हाम्रो ब्लगमा बिबिसीको समाचार सुन्नघडी हेर्न वा कान्तिपुरमा छापिएको समाचारको फिड हेर्न सायदै कोही आउलान । त्यसैले ब्लगलाई सकेसम्म कम ग्याजेटको भारी बोकाउनुस । यस विषयमा मेरो के तपाईँको ब्लग खुल्न धेरै समय लाग्छ ? भन्ने पोस्ट सहायक हुनसक्छ ।
आफूलाइ चिनाउनुहोस्: आफ्नो ब्लगमा 'About Me' ग्याजेट वा अवश्य राख्नुहोस् । नयाँ भिजिटर आफ्नो ब्लगमा प्रवेश गर्दा ब्लगर को रहेछ भन्ने बारेमा कौतुहल रहन्छ । त्यसैले कमसेकम सामान्य जानकारी दिन साइडबारमा वा कतै ‘‘मेरो बारेमार आफ्नो तस्विर समेत राख्नुस् जसका कारण पाठकलाई ब्लगर चिन्न सरल होस् । सो बाहेक नेपाली ब्लग सर्कलमा परिचित हुन र केहीहदसम्म आफ्नो ब्लगको जानकारी समेत दिन http://bloggers.com.np/  Hamro Circle जस्ता साइटमा आफ्नो ब्लग दर्ता गर्नुस। http://bloggers.com.np/ मा आफ्नो ब्लग दर्ता गर्न यहाँ Hamro Circle मा सम्मिलित हुन यहाँ गएर आफ्नो ब्लगको विवरण भर्न सक्नुहुन्छ ।
सामाजिक सञ्जालको सहयोग लिनुस: सामाजिक सञ्जाल आफ्नो ब्लग प्रमोट गर्ने राम्रो माध्यम बन्न सक्छ । त्यसैले गुगलप्लस, फेसबुक, ट्वीटर जस्ता सञ्जालबाट आफ्नो ब्लगको परिचय दिनुस, फिडहरू जोडनुहोस् । नेपाली ब्लगर्स ग्रुपमा सम्मिलित हुनुस र नयाँ कुराको जानकारी लिने, सिक्ने वा सिकाउने कार्यमा सहभागी हुनुहोस् ।
अन्तरक्रिया गर्नुस: ब्लगको विशेषता वा सौन्दर्य भनेको कमेन्टपनि हो । त्यसैले भ्याएसम्म र आवश्यक रहेको अवस्थामा आफ्नो पोस्टमा आएका कमेन्टको जवाफ दिने गर्नुस । सल्लाह र आलोचनालाई स्वाभाविक र सकारात्मक रूपमा लिनुहोस् । ब्लगको कमेन्ट मार्फत हुने अन्तरक्रियाले ब्लगरलाई उत्तरदायी बनाउँछ भने पाठकसँग नजिकिन पनि यसले मद्दत गर्छ । त्यसैले कुनै पनि पाठकको रायलाई न्यून मुल्याङ्कन नगर्नुस ।
नियमित लेख्नुहोस्: त्यसो त दिनमा ४-५ वटा पोस्ट लेख्ने र २ हप्तामा एउटा पोस्ट ठेल्ने दुबैका आ-आफ्ना पाठकहरू हुन सक्छन् तर पनि सामान्यतया ब्लग सुरु गरेपछि कुनै एउटा निश्चित समयमा लेख्ने वा कमसेकम नियमित लेख्ने भने गर्नै पर्छ । लेख्दै हराउँदै गर्दा पाठक पनि झुल्किदैं र हराउँदै गर्ने हुन्छन् ।
सरल लेख्नुस् सटिक लेख्नुस: ब्लगमा गम्भीर विषय, लामा रचना वा साहित्यिक वा प्राविधिक शब्दावलीको प्रयोग गर्नै नहुने हैन् तैपनि ब्लगलाई मानिसहरूले सामन्यतया छोटो, सरल र द्रुत सूचना वा जानकारी वा रचनाका लागि पढ्ने गर्छन् । त्यसैले ब्लगलाइ क्लिष्ट शब्दहरूको पहाड, महाकाव्य जस्ता रचनाको संकलन वा अत्यन्त जटिलतम विषयको बखानमा लगाउनु सान्दर्भिक हुँदैन । सबैले बुझ्ने, छोटो र सरल भाषाको प्रयोग गरेर न्यूनतम शब्दमा अधिकतम जानकारी दिने प्रयाश गर्नु पर्छ ।
पैसा कमाउने नसोचौँ: बिगतको एक महिनामा मैले करिब ३-४ जना नयाँ भाइहरूसँग च्याट गरेको थिए । सबैमा ब्लग खोलेर टन्न पैसा कमाउन सकिन्छ भन्ने भ्रम पालिएको भेटेँ । हो, चलेको राम्रो ब्लगबाट पैसा कमाउन सम्भव छ, तर पैसा कमाउनै खोलेको ब्लग भने चल्न प्राय: असम्भव हुन्छ । त्यसैले पहिला आफ्नो ब्लगको एउटा पहिचान बनाएपछि मात्रै कमाउने तर्फ सोच्न सहि हुन्छ ।
रचनात्मक सोच राख्नुस: ब्लग खोलेपछि चलेन, हेरिएन भनेर हताश नहुनुस् । माथि नै लेखिसकेको छु कमेन्ट काउन्ट बाट मात्रै कुनै ब्लग चलेको वा नचलेको भन्ने निर्क्योल गर्नु गलत हुन्छ । त्यसैले ब्लगलाई नविनता र नयाँपन दिने उपाएहरू सोच्नुस। नियमित लेख्नुस, निरन्तर लेख्नुस र विविधतामा लेख्नुस। ब्लग अवश्य चल्छ ।

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna Veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat.

1 टिप्पणीहरु:

Type here for comment

JOHN DOE
+123-456-789
Melbourne, Australia

SEND ME A MESSAGE