Showing posts with label ब्लग टिप्स. Show all posts
Showing posts with label ब्लग टिप्स. Show all posts
नयाँ ब्लग सुरु गर्ने धेरै ब्लगरहरूले प्राय: सोधी रहने एउटा विषयको
बारेमा केही कुरा लेख्ने तरखर गर्दै छु आज । अर्थात् ब्लग कसरी लेख्ने, ब्लगरले के गर्ने, के नगर्ने र कसरी ब्लग
भिजीटर बढाउने भन्ने बारेमा नै यो पोस्ट केन्द्रित छ। त्यसो त यही वा यस्तै विषयमा
अरू सहयात्री ब्लगरहरूले पनि कुनै न कुनै रूपमा लेख्नु भएको छ र विशेषगरी मित्र
वसन्त गौतमले पनि संभावित ब्लगरहरूसँग भन्ने पोस्टमा यस बारेमा
केही कुरा लेख्नु भएको छ।
ब्लग सुरू गर्ने अन्य कारणहरू भएपनि एउटा समान उदेश्य वा सोच भने
सबैको यही हुन्छ कि बढीभन्दा बढि पाठकहरूद्वारा सो ब्लग हेरियोस् । त्यसो त ब्लगमा
भिजिटर बढाउन केही प्राविधिक पक्षको सहयोग र प्रयोग पनि सहयोगी हुनसक्छ र Search engine optimization का विभिन्न प्रक्रियाबाट
पनि आफ्नो साइटलाइ केही हदसम्म ‘हाइलटइट’ गर्न सकिन्छ (समय मिलेको कुनै बेला यस बारेमा पनि लेख्ने कोसिस गर्ने
छु) । तर मेरो अनुभवको कुरा गर्ने हो भने, प्राय: नयाँ ब्लगमा भिजीटर
बढ्न नसक्नुमा Search engine optimization को प्रक्रिया भन्दा पनि
ब्लगर आफ्नै केही सामान्य गल्तीहरू जिम्मेवार हुन्छन् । यो मेरो नितान्त व्यक्तिगत
अनुभव वा अध्ययन हो र म गलत पनि हुन सक्छु तर नयाँ ब्लगरहरूलाई निम्न सुझाव दिन
चाहन्छु:
पहिला आफैँ पढ्नुस: Samuel
Johnson ले कतै भनेका छन् : "What is
written without effort is in general read without pleasure." । हुन त लेख्नको लागि पढ्न
जरुरी छ कि छैन भन्नेमा नै विवाद गर्न सकिएला तर एउटा कुरा भने हामीले मान्नै पर्छ
कि हामी कोहीपनि सिपालु वा आफैंमा ‘पूर्ण’ छैनौँ। अध्ययन जति बढ्छ त्यति नै लेखाइमा निखार आउँछ नै । त्यसैले
मैले देखेको, ब्लगर सुरुमा आफैँ एउटा
असल पाठक हुनुपर्छ ।





